Section 12
प्रमाणको भार
: कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफीम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागू औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागू औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेश बमोजिम प्राप्त गरेका वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेश गर्नु पर्नेछ । त्यस्तो प्रमाण पेश गर्न नसकमो र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ ।